अब बस-बसमा विशाल नेपालको नक्सा

अब बस-बसमा विशाल नेपालको नक्सा

केन्द्रबिन्दु
0
Shares

विशाल नेपाल महाअभियानले, टिष्टा काँगडासहितको भू-भाग समेटिएको नक्सा टाँस्ने अभियान जारी राखेको छ।

विशाल नेपाल महाअभियानले आफ्नो तेस्रो कार्यक्रम अनुसार लगनखेल बसपार्कबाट छुट्ने बस, माइक्रोबसमा विशाल नेपालको नक्शा सहित नारा भएको १ हजार स्टिकर टास्ने काम गरेका छन्। 

उक्त क्रममा अभियान्ता तेजेन्द्र बस्नेतले यो तेस्रो कार्यक्रम भएको जानकारी दिए। उनले यसअघि, गोंगबुबाट बाहिर जाने,कोटेश्वरबाट बाहिर जाने बसमा ग्रेटर नेपालको नक्शा टासिएको जानकारी दिए।

उनले टिष्टादेखि काँगडासम्मको भूमि नेपालको हो र त्यसलाई फिर्ता ल्याउनका लागि त्यहीका नागरिक सचेत हुनुपर्छ भन्ने मान्यताका साथ आफूहरुले अभियान चलाएको दाबी गरे। 

‘टिष्टा काँगडाका जनताले, चाहानुपर्छ उनीहरु चै भारतको उपनिवेश भित्र छन्। उनीहरु स्वतन्त्र नेपाली हुन् र उनीहरुले पनि जसरी अहिले काठमाडौँमा चाँहि विशाल नेपालको महाअभियान चलिरहेको छ। त्यसै गरी टिष्टा काँगडाका क्षेत्रहरुमा पनि अब विशाल नेपालको महाअभियान चल्नुपर्छ।’उनले भने। 

Logo