नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले पीडित किशोरीको आमाको जन्ममितिसम्बन्धि कागजात झिकाउन आदेश दिएको छ ।
बिहीवार काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले पीडित किशोरीको आमाको जन्ममिति खुल्ने कागजात झिकाउन आदेश दिएको हो । उनको जन्ममिति दुईवटा आएर विवाद देखिएको बताइएको छ । अब पीडित किशोरीको आमाको जन्ममिति खुल्ने नागरिकतासम्बन्धी कागजात आएपछि मात्रै उक्त मुद्दामा सुनुवाइ हुनेछ ।
बलात्कार आरोप लागेका सन्दीप पछिल्लोपटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरे यता मुद्दाले निरन्तरता पाउन सकेको थिएन। यस मुद्दामा छिट्टै फैसला नभएमा उनी यही भदौ ३० गतेदेखि हुने एसियाकप क्रिकेट खेल्न पाकिस्तान र श्रीलंका जाने सम्भावना निकै कम हुनेछ।





























प्रतिक्रिया