क्षितिज नाट्य प्रतिष्ठानले बहुजातीय साँस्कृतिक संग्रहालय र नाट्य कलामन्दिर निर्माणका लागि सरकारसंग एक थान इट्टा माग गरेको छ ।
प्रतिष्ठानले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वीय संस्कार, संस्कति र रितिरिवाज बचाउने उद्देश्यका साथनिर्माण गर्न लागिएको संग्राहलय निर्माणका लागि सरकारसंग एक थान इट्टा माग गरेको हो ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष माधव कल्पितले एयरपोर्टबाट टन का टन सुनका इट्टा भित्र्याउने सरकारसंग पूर्वीय संस्कार र संस्कृतिको जर्गेनाका लागि ध्यानाकर्षण गराउँदै एक थान इट्टा माग्न काठमाडौं आएको बताएका हुन् । पश्चिमेली संस्कृतिबाट पुर्वीय संस्कृतिलाई जोगाउन हरेक नागरिकसंग १ थान इट्टा अभियान गरेको प्रतिष्ठानले सरकार पूर्वीय संस्कार र संस्कृतिको संरक्षणमा वेखबर बनेकोले अभियान थालिएको उनले बताए ।
सुविधा सम्पन्न नाट्य कलामन्दिर निर्माण गर्ने पवित्रमहान र ऐतिहासिक लक्ष्य बोकेर हरेक देश भक्त नागरिकहरका घर आँगनमा पुगेर एकथान इट्टा अभियान चलाइएको उनको भनाई छ ।
अध्यक्ष कल्पितले आर्थिक श्रोतको अभावमाअधुरै रहेको काम पुरा गर्न अभियानचलाएको भन्दै एक थान इट्टाका लागि सरकारले बजेट व्यवस्थागर्ने विश्वास व्यक्त गरे । व्यङ्ग्यात्मक रुपमा एक थान इट्टा माग गरेको प्रतिष्ठानले सरकारलाई रकम रकमान्तरण गरेर भएपनि एक थान इट्टा उपलब्ध गराउन ध्यानाकर्षण गराएको छ ।





























प्रतिक्रिया