नेपालकै पहिलो फूड रियालिटी शो ‘सेफ नेपाल’ भाद्र १५ देखि प्रसारण हुने

नेपालकै पहिलो फूड रियालिटी शो ‘सेफ नेपाल’ भाद्र १५ देखि प्रसारण हुने

केन्द्रबिन्दु
0
Shares

नेपालकै पहिलो फूड रियालिटी शो ‘सेफ नेपाल’ यही भदौ १५ गतेदेखि प्रसारणमा आउने भएको छ । 

सेफ नेपालले एक कार्यक्रमकाबीच उक्त शोको प्रोमो सार्वंजनिक गर्दै रियालिटी शो भाद्र १५ देखि प्रसारण हुने जानकारी दिएको हो । कात्तिक तेस्रो सातादेखि छायांकन सुरु भएको उक्त शोमा ८० जना प्रतिस्पर्धीले भाग लिएका थिए । 

नेपालमा पाक कलासम्बन्धी पहिलो टेलिभिजन रियालिटी शो गर्न लागिएको हो, जुन कान्तिपुर टिभिबाट भाद्र १५ देखी १८ सातासम्म बेलुकी ९ः०० बजे प्रसारण हुनेछ । विजेतालाई  २५ लाख पुरस्कार र सेफ नेपालको प्रमाणपत्र दिइनेछ ।

नायिका प्रियंका कार्की कार्यकारी निर्माता रहेको सेफ नेपालमा मास्टर जज सन्तोष साह, सेफद्वय गणेशबहादुर ढकाल र लक्ष्मणप्रसाद भण्डारी निर्णायकको भूमिकामा छन् । 

साे अवसरमा जज सन्तोष साहले नेपालमा सेफलाई पहिले देखीनै निकै नै होच्याउने भएकाले उक्त शोले सेफको पेशाप्रति ईज्जत बढ्ने विश्वास व्यक्त गरे । उनले भने,‘नेपालमा सेफलाई पहिलेदेखि नै निकै नै होच्याउने र तल देखाउने पेशा भनेर बुझिन्छ । सेफ नेपालको यो शोबाट यसमा सहभागी भई विजय हुने र टप १० मा पर्नेबाट यो पेशाको सम्मान बढ्ने छ भन्ने आशा छ ।’  

साथै, जज साहले नेपाल खानामा निकै धनि भएको बताउँदै शोमार्फत नेपाली फूडलाई धेरै माथिसम्म लैजान सकिने बताए ।  उनले भने,‘यो शो मार्फत नेपाली फूडलाई धेरै माथिसम्म लान सकिन्छ भन्ने ठूलो आशा छ । यो शोमा देशका विभिन्न फरक ठाउँबाट फरक फरक किसिमको खाना खुवाउनु भएको छ त्यो देखेर साच्चीकै हाम्रो नेपाल खानामा निकै धनि छ भन्ने अनुभव भयो ।’ 

Logo