पाशुपत क्षेत्रमा बर पिपल रोप्दै मन्त्री किरातीले सके बुबाको काम
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले स्व. बुबा र आमाका नाममा पाशुपत क्षेत्रमा बर र पिपलका विरूवा रोपेका छन् ।
शनिबार सामाजिक सञ्जालमा उनले बुबा र आमाको सम्झनामा प्रकृतिको लागि पशुपतिमा वर र पिपल रोपेर आजैबाट बुबाको काम सकेको जानकारी दिएका हुन् ।
उनले लेखेका छन् ,‘सम्झनामा बुबा र आमा बर र पिपल हुनुभयो । पितृको संसारमा जानुभएको बुबा र आमाको सम्झनामा प्रकृतिको लागि पशुपतिमा वर र पिपल रोपिएसंगै आजैबाट बुबाको काम सकियो ।’
थप सामाजिक र सिर्जनात्मक काम बुबा र आमाको नाममा गर्दै जाने प्रतिवद्धता जनाउँदै उनले थप लेखेका छन्-‘समय र स्वास्थ्यले साथ दिएमा थप सामाजिक र सिर्जनात्मक काम उहाँहरुको नाममा गर्दै जानेछु ।’































प्रतिक्रिया