नेपाल विद्यार्थी संघले इञ्जिनियरिङ अध्ययनको शुल्क वुद्धि फिर्ता गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन गरेका छन्।
आइतबार नेविसंघ निकट विद्यार्थीहरू पोष्टर र प्लेकार्डसहित नाराबाजी गर्दै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न पुगेका हुन्।प्रदर्शनमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले विश्वविद्यालयहरु धरापमा परेको बताएका छन्।
उनले भने,‘हाम्रो विश्वविद्यालय धराप छ। जनताको चासोको विषय यो होइन। हामी कुनै रहरले पनि आएको हैन। आज हाम्रो हातमा सर्टिफिकेट छ तर खाडी जानुपर्ने अवस्था छ। आज राज्यले शिक्षालाई उपेक्षा गरेको छ।’ इञ्जिनियरिङ अध्ययनको शुल्क घटाउनुपर्ने लगायत विभिन्न सात बुँदे माग राख्दै उनीहरू आन्दोलित भएका हुन्।
सबै विश्वविद्यालयको इञ्जिनियरिङ शिक्षा एकै मापदण्ड तय गरी एकरूपता ल्याउनुपर्ने, इन्जिनियरिङ अध्ययन संस्थान आइओइको १४४ प्रतिशत अवैज्ञानिक र असान्दर्भिक शुल्क वृद्धि तुरून्तै फिर्ता लिनुपर्ने,त्रिवि र आइओइलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा स्थापित गरी अनुदान बढाउनुपर्ने उनीहरूको माग छ।
.jpg)
 (45).jpg)
 (21).jpg)
 (22).jpg)





























प्रतिक्रिया