दार्चुलामा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ । आइतबार घरमा कोही नभएको बेला शरीरमा प्रज्वलनशील पदार्थ खन्याएर आगो लगाएकी शैल्य शिखर नगरपालिका–५ सेतकलाकी ४५ वर्षीया सुना साउदको उपचारको क्रममा धनगढी लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
शैल्यशिखर नगरपालिका–५ का वडाध्यक्ष जनक सिंहका अनुसार मृतक सुना लामो समयबाट मानसिक रोगी थिइन् । आइतबार सुनाको नियमित खाने औषधि सकिएकाले उनको श्रीमान स्वास्थ्य चौकी औषधि लिनका लागि उनलाई एक्लै घरमा छोडेर गएको बेला पारेर उनले आत्मदाहको प्रयास गरेको सिंहको भनाइ छ ।





























प्रतिक्रिया