एमसीसी पास गरेर नेपाली जनतालाई धोका दिएकाे पूर्व सुरक्षाकर्मी परिषद्काे आरोप

एमसीसी पास गरेर नेपाली जनतालाई धोका दिएकाे पूर्व सुरक्षाकर्मी परिषद्काे आरोप

केन्द्रबिन्दु
0
Shares

पूर्व सुरक्षाकर्मी परिषद नेपालका प्रवक्ता हेम शंकर गिरिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेका सभापति शेरबहादुर देउवासहितको सरकारले एमसीसी पास गरेर जनतालाई धोका दिएको आरोप लगाएका छन् । 

सोमबार एमसीसी कार्यान्वयनविरुद्धको वृहत अन्तर्क्रिया कार्यक्रममा प्रवक्ता गिरिले संयुक्त सरकारकै सहभागितामा मुलुकलाई धोका दिने काम भएको बताएका हुन् । उनले भने, ‘राष्ट्रघाती एमसीसीप्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डको घाँटीमा तरवार झुण्डाएरपास गरेको हो की के हो मलाई थाहा छैन । उहाँ आफै संयुक्त सरकारमा सहभागी हुनुहुन्थ्यो २०७४ मा त्यतिवेला नै यो एमसीसी सम्झौता भएको थियो । ’

प्रवक्ता गिरिले एमसीसी पास गरेर नेपाली जनता र मातृ भूमिप्रति धोका भएको जिकिर गरे । उनले नेपाल जस्तो मुलुकमा द्धन्द्ध फैलाएर तहसनहस गरेर विदेशी सेनाको कब्जामा देशलाई पुर्याउने कार्य भएको दावीसमेत गरे ।

Logo