वर्डप्रेस काठमाडौँको आयोजनामा भदौ २२ र २३ गतेका दिन‘वर्डक्याम्प काठमाडौँ २०२३’ दुई दिने विशेष कार्यक्रमको आयोजना गरिने भएको छ।
वर्डप्रेसलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्नेहरु, वर्डप्रेस विशेषज्ञहरु तथा वर्डप्रेस जान्न उत्सुकहरुलाई काठमाडौँको गैरीधारामा बृहत दुई दिने कार्यशाला आयोजना गरिने भएको हो।
यो कार्यक्रम मूलतः काठमाडौँ वर्डप्रेस समुदायले नेतृत्व लिएर विभिन्न देशमा कार्यरत वर्डप्रेस विशेषज्ञ, कम्पनीहरुबीच सहकार्य, शिक्षा र नेटवर्किङ गर्ने महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको वर्डप्रेस नेपाल कम्युनिटीका संयोजक सुवास खड्काले जानकारी दिए।
उनले वर्डक्याम्पमा विविध पृष्ठभूमिबाट सहभागीहरू आउने हुँदा यस कार्यक्रममा सामान्य प्रयोगकर्ताहरूदेखि मूल डेभलपरहरूसम्मको समूहले जानकारी र विशेषज्ञता आदान प्रदान गर्ने पनि बताए।
उनले भने, वर्डप्रेसलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्नेहरु, वर्डप्रेस विशेषज्ञहरु तथा वर्डप्रेस जान्न उत्सुकहरुलाई काठमाडौँको गैरीधारामा बृहत दुई दिने कार्यशाला आयोजना गरिने भएको छ। यो कार्यक्रम मूलतः काठमाडौँ वर्डप्रेस समुदायले नेतृत्व लिएर बिभिन्न देशमा कार्यरत वर्डप्रेस विशेषज्ञ,कम्पनीहरुबीच सहकार्य, शिक्षा, र नेटवर्किङ गर्ने महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ। जून कुरा वर्डप्रेस तालिकामा समेत रहने अपेक्षा राखिएको छ।
कार्यक्रमको पहिलो दिन भदौ २२ गतेलाई कन्ट्रिव्यूटर डे को रूपमा तालिममा समावेश गरिने भएको छ। जसमा सहभागीहरु वर्ड प्रेस इको सिस्टममा आफूलाई कसरी स्थापित गर्ने,नयाँ कुरा कसरी सिक्ने र अनुभव साटफेर गर्ने कुरामा व्यस्त हुन्छन्।
सम्मेलनको दोस्रो दिनमा प्रमुख कार्यक्रमका सत्रहरु राखिएका छन् जसमा सबै प्राथमिक वा अनुभवी डेभलपरहरुका लागि अनुकूल शैलीका सत्रहरू राखिएका छन्।‘वर्डक्याम्प काठमाडौँ २०२३’ ले सिक्न र नेटवर्किङका संवादको अवसरसँगै गैर नाफा मुलक संस्थाहरूको निशूल्क वेबसाइट बनाइदिने कार्यक्रम आयोजना गरिने छ। जसले अनलाइन पहुँचलाई बढाउन सहयोग गर्दछ।































प्रतिक्रिया