पोखराबाट ४२ यात्रु लिएर फर्कियो भुटानको ड्रुक एयर

पोखराबाट ४२ यात्रु लिएर फर्कियो भुटानको ड्रुक एयर

केन्द्रबिन्दु
0
Shares

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट व्यावसायिक उडान सुरु भएको छ। आज बिहान रोयल भुटान एयरलाइन्स (ड्रक एयर) को विमानले व्यावसायिक उडान भरेको हो।

भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार बिहान ६:४५ मा पोखरा ओर्लिएको जहाज ४२ अमेरिकी पर्यटक बोकेर ८:१५ मा थिम्पु फर्किएको हो।

सञ्चालनमा आएको ८ महिनापछि पहिलोपल्ट अन्तर्राष्ट्रिय उडानबाट विमानस्थललाई आम्दानी भएको विमानस्थल प्रमुख देवचन्द्रलाल कर्णले बताए। यसअघि चीनको सिचुवान एयरलाइन्सले छेङ्दुबाट चार्टर्ड उडान गरी पोखरा आएको थियो।

उक्त विमान फर्किंदा रित्तै फर्किएको थियो। भारत, नेपाल र भुटान घुम्ने गरी आएका खर्चालु अमेरिकी पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन्।

Skip This
Skip This
Logo