५० प्रतिशत छुटसहित समाज डेन्टलको १० औँ शाखा खुल्याे सीतापाइलामा

५० प्रतिशत छुटसहित समाज डेन्टलको १० औँ शाखा खुल्याे सीतापाइलामा

केन्द्रबिन्दु
0
Shares

समाज डेन्टल हस्पिटलको १० औँ शाखा सीतापाइलामा खुलेको छ।

'दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता' भन्ने उद्देश्यका साथ २३ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलको  १० औँ  शाखाले आजदेखि  सीतापाइला चोकको त्रिरत्न ताम्राकार हाउसमा आफ्नो सेवा सुरू गरेको हो।

समाज डेण्टल हस्पिटलले सीतापाइला शाखा उद्घाटनका दिन सम्पूर्ण सेवामा ५० प्रतिशत छुट र असोजभरी १५ प्रतिशत  छुट दिने हस्पिटलका प्रबन्धक सविन घिमिरेले जानकारी दिए। प्रबन्धक घिमिरेले ऐतिहासिक धार्मिक,सांस्कृतिक सहर सीतापाइला क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउँदा खुसी व्यक्त गरे।

Logo