सम्पर्कविहीन २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

सम्पर्कविहीन २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

केन्द्रबिन्दु
0
Shares

प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन रहेका २२ प्रहरीलाई ७ दिनभित्र हाजीर हुन निर्देशन दिएको छ।

बुधबार सूचना प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका ४ प्रहरी सहायक हवल्दार र १८ प्रहरी जवानलाई सात दिनभित्र हाजीर हुन निर्देशन दिएको हो।

सम्पर्कविहीन हुने प्रहरी सहायक हवल्दारहरूमा प्रहरी प्रशिक्षण कार्यालयमा कार्य विभागको मर्यादापालक इकाइमा कार्यरत अमित श्रेष्ठ, प्रहरी प्रभाग नेपालटारमा कार्यरत कमल श्रेष्ठ, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक सीआरभीमा कार्यरत समिर दाहाल वि.सु गण दुहबी सुनसरीमा कार्यरत प्रहरी सहायक हवलदार  जनम राई छन्।

त्यस्तै विभिन्न जिल्लाका विभिन्न कार्यालयमा कार्यरत १८ प्रहरी जवानहरू महिना दिन भन्दा बढि समयदेखि सम्पर्कविहीन छ्न। उनीहरू विभिन्न मितिदेखि आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यसकारण सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सातदिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित प्रहरी प्रधान कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउन निर्देशन दिइएको छ।

police-1695776124.jpg

Logo