सरकारले यातायात व्यवस्थापन नियन्त्रण गर्न नसक्ने अवस्था छः जितेन्द्र बस्नेत

सरकारले यातायात व्यवस्थापन नियन्त्रण गर्न नसक्ने अवस्था छः जितेन्द्र बस्नेत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले यातायात व्यवस्थापनमा सरकारले नियन्त्रण गर्न नसकेको बताए । 

शुक्रबार काठमाडौंमा आयोजित सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० समापन कार्यक्रममा उनले नेपालको सन्दर्भमा कतिपय यातायात व्यवस्था गर्न नै नसक्ने अवस्था भएको बताए । 

उनले भने, ‘यातायात व्यवस्थापनमा जुन हिसाबले सरकारले नियन्त्रण गर्न सक्नु पथ्र्यो त्यो हिसाबले नियन्त्रण गर्न नसक्ने अवस्था पनि छ ।’ चाडपर्वको बेलामा रुटको बसहरू नपाएर बढि पैसा तिरेर जानु पर्ने अवस्था विद्यमान भएको र यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाई छ । 

उनले भिआइपी सवारीलाई विस्तारै सुधार गरेर लगिएको र पहिलेको तुलनामा निकै नै नियन्त्रण भएको बताए । 
 

Skip This
Skip This
Logo