महानायक राजेश हमालले आधुनिकताको नाममा फेन्सी सामग्रीको बढ्दो प्रयोगले नेपालको हस्तकला व्यवसाय ओझेलमा परेको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित हिमालयन एक्सपोको समापन कार्यक्रमलाई सम्बोधन गर्दै महानायक हमालले विश्वव्यापिकरणले हस्तकला व्यवसाय ओझेलमा पर्नका साथै यसको महत्व पहिलेको उचाईमा रहन नसकेको बताए । मौलिक र परम्परागत सामानलाई आधुनिक सामग्रीले विस्थापित गरिरहेको अवस्थामा हस्तकलाको पहिचानलाई पुन जागरण गर्न एक्सपोहरुले सहयोग पुग्ने उनको विश्वास छ ।
उनले भने,‘आधुनिकता सर सामानको पछि लाग्यौं भने हाम्रो समाजको लागि र परम्परागत संस्कृतिलाई हानि पुर्याउन सक्छ । घरेलु उद्योगहरु लोकप्रिय थिए । विदेशीहरूले एकदमै रुचाउँथे। तर पछिल्लो समय विश्वव्यापिकरण हो कि किन हो । हस्तकला व्यवसाय ओझेलमा परेको छ । यसको महत्व त्यही उचाइमा रहन सकेको छैन् । यसको पहिचानलाई पुन जागरण गर्न यस्तो एक्सपोहरुले सहयोग पुर्याउँछ ।’
उनले हस्तकलाको, विगतको अन्तराष्ट्रिय स्तरमा भएको उचाईलाई जागरण गर्न सम्बन्धित निकायले ध्यान पुर्याउनुपर्ने बताए ।





























प्रतिक्रिया