दसैँ मान्न घर फर्किनेको संख्या बढ्दो, २४ घण्टामा एक लाखले छोडे काठमाडौँ

दसैँ मान्न घर फर्किनेको संख्या बढ्दो, २४ घण्टामा एक लाखले छोडे काठमाडौँ

केन्द्रबिन्दु
0
Shares

दसैँ मान्न घर फर्किनेको संख्या दिनानु दिन बढ्न थालेको छ। काठमाडौँबाट बाहिर जाने नाकाहरुमा सवारी साधनको चाँप बढेको छ।

दसैँ मान्न कर्मथलो छोडेर पुख्र्यौली घर फर्किनेको संख्या घटस्थापनादेखि निरन्तर बढ्दो क्रममा छ। ट्राफिक प्रहरी प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार घटस्थापनादेखि आज बिहान ६ बजेसम्म ४ लाख ६५ हजार ९ सय ७७ यात्रुले उपत्यका छाडेका छन्। 

सो अवधिमा ७१ हजार ६ सय ६२ वटा सवारी साधन काठमाडौँबाट बाहिरिएका छन्। वितेको २४ घण्टामा मात्र झण्डै एक लाख मानिसले काठमाडौँ छोडेका छन्।

यो सख्या निरन्तर बढ्दो क्रममा छ। एसएसपी भट्टले भने ‘अस्ति भन्दा वितेको २४ घण्टामा काठमाडौँ छोड्नेको संख्या झण्डै दोब्बर बढेको छ। यो संख्या आज र भोलि झनै बढ्छ।’ 

Logo