पर्यटकीय क्षेत्र सुकेटारमा ‘सिसी क्यामेरा’ जडान

पर्यटकीय क्षेत्र सुकेटारमा ‘सिसी क्यामेरा’ जडान

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सिसी क्यामेराबाट निगरानी गरिने भएको छ। सुकेटार क्षेत्रको शान्तिसुरक्षा समेतलाई दृष्टिगत गरी सिसी क्यामेरा जडान गरिएसँगै सिसी क्यामेराबाट निगरानी हुन थालेको हो।

फुङ्लिङ-६ को आर्थिक लगानीमा सुकेटार क्षेत्रमा पाँच  सिसी क्यामेरा जडान गरिएको वडाध्यक्ष मदन गुरुङले जानकारी दिए। उनका अनुसार सुकेटार विमानस्थल र बजारक्षेत्रलाई निगरानी गर्न सिसी क्यामेरा जडान गरिएको छ। आवश्यकताअनुसार सिसी क्यामेरा थप गर्ने योजना रहेको उनको भनाइ छ।

यस्तै, सुकेटारमा फोहरमैला बिसर्जन गर्न ३०  डस्टविन ९फोहर दानी० राखिएको पनि वडा कार्यालयले जनाएको छ। प्रायः आन्तरिक पर्यटकको चहलपहल भइरहने सुकेटार क्षेत्रमा पर्यटकीय मौसममा भने आन्तरिक तथा विदेशी पर्यटकको आगमनले निकै भीड हुने गरेको छ।

Logo