आज यी स्थानमा सामान्य वर्षा र हल्का हिमपातकाे सम्भावना

आज यी स्थानमा सामान्य वर्षा र हल्का हिमपातकाे सम्भावना

केन्द्रबिन्दु
0
Shares

देशका केही भू–भागमा आज सामान्य वर्षा र हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।

महाशाखाकाअनुसार दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। महाशाखाका अनुसार राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

Logo