बुद्धकाे जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धामको निर्माण कार्य पुनः अघि बढ्ने भएको छ ।
कोरोनालगायत विभिन्न कारणले रोकिएको विश्वशान्ति धामको निर्माण कार्य महागुरु श्याल्पा तेन्जिङ रिन्पोछेले आउँदो मंसिर ३० गते अर्थात् डिसेम्बर १६ तारिखबाट पुनः सुरु हुने जानकारी दिएका हुन् । धाम निर्माणका निम्ति ढुंगा विछ्याउने समारोह र उत्सवमा सहभागी हुन सबैलाई अनुरोध पनि गरिएको छ ।
विश्वशान्ति कामनाको अभियानमा निरन्तर सक्रिय रहेका महागुरु रिन्पोछेका अनुसार उक्त दिन विश्वभरका विश्वशान्ति धाम सदस्यहरु र शान्तिका कार्यकर्ताहरुसँग प्रार्थना, ध्यान, नृत्य जस्ता उत्सव हुने छ। जसमा मायादेवीको जादुई नाटकीय प्रस्तुति पनि रहने छ । विश्व शान्ति धामले दिव्य आमा, रानी मायादेवी, हाम्रा विगत, वर्तमान र भविष्यका सबै आमाहरुलाई सम्मान गर्ने विश्वास गरिएको छ।
विश्वशान्ति धाम हरेक जाति, रंग र धर्म सम्प्रदायका मानिसहरु एक साथ आउन सक्ने र शान्तिको विगुल फूकी मानवताको कल्याण र लाभको लागि काम गर्न सक्ने खुला मञ्च हुने युनिभर्सल पिस सान्चुरीले जनाएको छ।
'विश्व शान्ति धाम एक ठाउँ हो । जहाँ हरेक जाति, रंग र धर्म सम्प्रदायका मानिसहरु एक साथ आउन सक्छन् र शान्तिको विगुल फुक्छन र सम्पूर्ण मानवताको कल्याण र लाभको लागि काम गर्न सक्छन् । यो एक खुला मञ्च हुनेछ। जहाँ शान्तिप्रेमी व्यक्तिहरु, विश्वनेताहरु र नीति निर्माताहरुले विश्वव्यापी द्धन्दको समेत शान्तिपूर्ण समाधानहरु खोजसँगै काम गर्न सक्छन् ।' विज्ञप्तिमा उल्लेख छ ।
.jpg)





























प्रतिक्रिया