बाँसुरी वादन प्रतियोगिता गर्दै काठमाडौँ महानगर

बाँसुरी वादन प्रतियोगिता गर्दै काठमाडौँ महानगर

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाले २७ मङ्सिरमा महानगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना गर्ने भएको छ। २९औँ महानगर दिवसको अवसरमा महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत वाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको महानगरले जनाएको छ।

सम्पदा तथा पर्यटन विभागका अनुसार प्रतियोगितामा सहभागी हुन विभागले दर्ता फाराम उपलब्ध गराएको छ। इच्छुक हुने समूहले फाराममा नाम, ठेगानासहित प्रतियोगितामा कुन बाँसुरी बजाउने हो, ठुलो बाँसुरी (घोर), मध्यम बाँसुरी (माझवाल), सानो बाँसुरी (तीपं), स्केलसहितको विवरण भर्नुपर्ने बताइएको छ।

दर्ता फाराममा टोल, गुथि वा सङ्घ संस्थाका गुरु: कजी:, नायः बाट सिफारिस गराउनुपर्छ। यसपछि वडाबाट सिफारिस गराएर मङ्सिर २० गतेभित्र सम्पदा तथा पर्यटन विभागमा पठाउनुपर्ने जनाइएको छ।

विभागका अनुसार प्रतियोगीले प्रस्तुति हुने दिन परम्परागत भेषभुषा र गरगहना (शृङ्गार) लगाउनुपर्छ। बजाइने बाँसुरी बाँस, काठ वा प्लाष्टिकमध्ये जुनसुकै भए पनि हुन्छ।

महानगरका अनुसार एउटा समूहमा १२ जनाले सहभागिता जनाउन सक्नेछन्। यसमा ८ जनाले बाँसुरी मात्र वादन गर्नुपर्नेछ। सकेसम्म तीनवटै बाँसुरी समावेश गर्नुपर्छ। यो सम्भव नभए कम्तीमा ठुलो र मध्यम वा मध्यम र सानो अनिवार्य बजाउनुपर्छ।

Skip This
Skip This
Logo