कोरिया जान ईपीएस भाषा परीक्षाका लागि आवेदन खुला [सूचनासहित]

कोरिया जान ईपीएस भाषा परीक्षाका लागि आवेदन खुला [सूचनासहित]

केन्द्रबिन्दु
0
Shares

वैदेशिक रोजगार विभागले कोरियाको उत्पादनमुलक क्षेत्रमा कामदार लैजाने प्रयोजनका लागि कोरियन भाषा परीक्षा (ईपीएस-टपिक) को लागि आवेदन फारम खुला गरेको छ। ईपीएस भाषाा परीक्षामार्फत उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८४८ जनाका लागि आवेदन आह्वान गरेको हो।  

विभागले एक सूचना जारी गर्दै आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन आह्वान गरेको छ। परीक्षाका लागि आवेदन फारम अनलाइनमार्फत मात्र भर्नुपर्ने सूचनामा उल्लेख छ।

त्यस्तै, परीक्षा शुल्क २८ अमेरिकी डलर लाग्ने र भुक्तानी पनि अनलाइन नै गर्नुपर्ने सूचनामा जनाइएको छ। पढाइ र सुनाइ गरी दुवैको १००-१०० पूर्णाङ्कको भाषा परीक्षा हुने विभागले जनाएको छ।

Logo