चुरे दोहन तथा वन फडानी नियन्त्रण गर्न माग

चुरे दोहन तथा वन फडानी नियन्त्रण गर्न माग

केन्द्रबिन्दु
0
Shares

चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फडानी गरी काठ तस्करी हुने गरेको भन्दै नेपाली काँग्रेस सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ।

मङ्गलबार पत्रकार सम्मेलन गरेर काँग्रेस जिल्ला समितिले कानुनविपरीत स्थानीय तह र प्रहरी प्रशासनसमेतको मिलेमतोमा खुलेआम तस्करी भइरहेको आरोप लगाएको हो। काँग्रेस जिल्ला समिति सभापति रामचन्द्र यादवले जिल्लामा हुने गरेका अवैध गतिविधि तत्काल नियन्त्रण नगरिए आन्दोलन गर्ने चेतावनी दिए।

“नेपाल-भारत खुला सिमानाबाट सङ्गठितरूपमा तस्करी हुने गरेको छ, चुरेको दोहन रोकिएको छैन”, सभापति यादवले भने,“अवैध गतिविधिलाई नियन्त्रण गर्न हामी सरकारसँग माग गर्दछौँ।” 

त्यसैगरी सिरहा काँग्रेसले धान, सागसब्जी तथा फलफूलको उचित मूल्य निर्धारण गरी बजारीकरण गर्न,समयमै मलखाद तथा बीउबिजन उपलब्ध गराउन माग गरेको छ। 

Logo