एनसेल विवादबारे आजैदेखि काम थाल्दै छानबिन समिति

एनसेल विवादबारे आजैदेखि काम थाल्दै छानबिन समिति

केन्द्रबिन्दु
0
Shares

एनसेलको सेयर खरिद बिक्री विवादबारे छानबिन गर्न गठन गरेको समितिले आजैदेखि छानबिनको काम अघि बढाउने बताएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले छानबिन समिति गठन गरे लगत्तै सिंहदरबार पुगेका संयोजक टङ्कमणि शर्माले आजैबाट काम सुरु गर्ने बताएका हुन्।

सरकारले दिएको निर्धारित समयभित्र काम सम्पन्न गर्नका लागि समितिले आजैदेखि काम अघि बढाउने उनको भनाइ छ। मन्त्रिपरिषद्को बैठकले समितिलाई एनसेलको सेयर खरिद बिक्री विवादबारे अध्ययन गरी १ महिनाभित्र प्रतिवेदन बुझाउन समय दिएको छ।

पूर्व महालेखा परीक्षक शर्माको संयोजकत्वमा नेपाल सरकारका सचिव फणीन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहेका छन्।

Logo