एनसेलबारे छानबिन गर्न गठित समितिविरुद्ध स्वतन्त्र नागरिक समूहको खबरदारी

एनसेलबारे छानबिन गर्न गठित समितिविरुद्ध स्वतन्त्र नागरिक समूहको खबरदारी

केन्द्रबिन्दु
0
Shares

स्वतन्त्र नागरिक समूहले एनसेल खरिद बिक्री प्रकरण र विवादास्पद छानबिन समितिको विरुद्ध खबरदारी गर्दै प्रदर्शन गरेको छ।शनिबार काठमाडौँको लैनचौरस्थित एनसेल केन्द्रीय कार्यालयमा समूहले एनसेल समितिविरुद्ध खबरदारीका लागि विरोध प्रदर्शन गरेको हो। 

प्रदर्शनका सहभागीहरुले राज्यको कर छल्न पाइँदैन, भ्रष्टाचारीलाई चोख्याउने छानबिन समिति मान्दैनौँ, दुई परिवार बचाउन छानबिनको नाममा नाटक मञ्चन बन्द गर जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। 

प्रदर्शनमा नागरिक आन्दोलनका सह प्रवक्ता राजानन्द माण्डवीले एनसेल खरिदबिक्री प्रकरण छानबिन समिति बनाए पनि आफ्नै मानिसले ढाकछोप गर्ने देखिएको भन्दै त्यसको विरुद्धमा विरोध प्रदर्शन गरेको बताए। उनले सरकारमा बसेकाहरुले नै देश लुट्ने काम गरिरहेको भन्दै गरिबलाई झन गरिब बनाइरहेको बताए। 

उनले भने, ‘हामीले जसलाई सरकार चलाउन पठायौँ, तिनैले आज देशलाई लुट गरे। पुँजी हुनेलाई झन् पैसा वृद्धि गराए, नहुनेलाई गरिबमाथि गरिब बनाए। सरकारलाई अनुरोध छ, छानबिनका लागि गठन गरिएको समितिले पनि केही गर्नेवाला छैन। समिति पनि आफ्नै आफ्नै मानिसले ढाकछोप गर्ने देखिएको छ। त्यसैले आन्दोलनमा आएका हौँ।’

Logo