असई थमन बिक हत्या प्रकरणमा लोसपाका नेतासहित ७ जनालाई जन्मकैद, लक्ष्मी महतोले पाए सफाइ

असई थमन बिक हत्या प्रकरणमा लोसपाका नेतासहित ७ जनालाई जन्मकैद, लक्ष्मी महतोले पाए सफाइ

केन्द्रबिन्दु
0
Shares

मधेस आन्दोलनका क्रममा सशस्त्रका असई थमन बिकको हत्या अभियोग लागेका नेकपा एमालेका निलम्बित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले सफाइ पाएका छन् ।

जिल्ला अदालत महोत्तरीका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले महतोलाई सफाइ दिएको हो ।

४ मंसिरको चुनावमा महोत्तरी–१ बाट निर्वाचित कोइरी नेकपा एमालेका सांसद हुन् । २०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी हालसम्म फरार छन् ।

मोहन कापरले पनि सफाइ पाएका छन् । 

यस घटनामा लोसपाका मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको फैसला भएको छ । संजयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई पनि जन्मकैदको फैसला सुनाएको हो ।

Logo