पोखरामा ‘२५औँ पोखरा सडक महोत्सव’ हुँदै

पोखरामा ‘२५औँ पोखरा सडक महोत्सव’ हुँदै

केन्द्रबिन्दु
0
Shares

अङ्ग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा पोखरामा यही पुस १२ देखि १६ गतेसम्म पोखरामा ‘२५औँ पोखरा सडक महोत्सव’ आयोजना हुने भएको छ।

पोखरामा पर्यटन प्रवद्र्धन गर्नका लागि ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ रेस्टुराँ एण्ड बार एशोसिएशन (रेवान) पोखराको आयोजनामा पाँचदिने महोत्सव हुन लागेको हो।

रेवान पोखराले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवका संयोजक विश्वराज पौडेलले आन्तरिक तथा वाह्य पर्यटकलाई अंग्रेजी नयाँ वर्षमा मनोरञ्जन प्रदान गर्नुको साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा लेकसाइडको तीन किलोमिटर क्षेत्र फिस्टेल गेट देखि चौतारा हुँदै जरेवर लेकसाइड सम्ममा महोत्सव गर्न लागिएको जानकारी दिए। 

महोत्सवमा २५ वटा खानाका स्टलहरु, हस्त कला र अर्गानिक खानाका परिकारका स्टलहरु निःशुल्क रहने उनले बताए। त्यस्तै, महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटररेसलगायतका कार्यक्रम रहने आयोजकले जनाएको छ। 

महोत्सवमा नेपालको पर्यटन क्षेत्रको विकासका लागि टक शोहरु समेत आयोजना गरिने आयोजकले जनाएको छ। त्यसैगरि महोत्सवम आउने दर्शकका लागि सुरक्षा व्यवस्था कडा पारिएको समेत आयोजकले जनाएको छ। 

Skip This
Skip This
Logo