नेपाल विज्ञापन संघको २४औ साधारण सभा सम्पन्न

नेपाल विज्ञापन संघको २४औ साधारण सभा सम्पन्न

केन्द्रबिन्दु
0
Shares

नेपाल विज्ञापन संघको २४औ साधारण सभा, विज्ञापन बजारलाई बृहत र व्यवस्थिकरण उदेश्य र नाराको साथ, आज पौष ६ गते शुक्रबार होटेल अरण्य बुटिकमा माननीय सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा ज्यूूको प्रमूख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ, विज्ञापन बोर्ड, विभिन्न संघ सस्था ,सञ्चार उद्यमीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा शुुभकामना मन्तव्य दिँदै मन्त्री शर्माले आनको विज्ञापन बोर्डमा क्षेत्र गत प्रतिनिधित्व गराउने तथा सरकारले विज्ञापन व्यवसाय र विज्ञापन एजेन्सी प्रति कुनै पुर्वाग्रह नराखेको संघका अध्यक्षज्यूूबाट राखेका सल्लाह–सुुझावहरुलाई सुधार गर्न सबैबाट पहल हुनुपर्ने बताए । 

मन्त्री शर्माले अभिव्यक्ति स्वतन्त्रता र राजनैतिक स्वतन्त्रता भएता पनि अश्लिल र छाडापन हुन नहुने साथै सामाजिक सञ्जाललाई नियमन गर्ने कार्यका लागि नियमावली तुरुन्तै जारी गर्ने कार्य भइरहेको बताए । 

सरकारले विज्ञापन नियमावली ल्याएर एजेन्सीको पहिचान गराएको र संघका सुझावहरुलाई  सधै सकारात्मक रुपमा लिएको र समस्या समाधानका लागि पहल गर्ने बताए । विज्ञापन एजेन्सीहरु मिडिया र विज्ञापन दाताको बिचमा रहेर विज्ञापन व्यवसायलाई दिगो बनाउन विज्ञापन एजेन्सीको १५ प्रतिशतको हक अधिकारमा सबै विज्ञापन चक्रका साझेदारहरुले  सहकार्य समन्वयमा काम गर्नुपर्ने अन्यथा अब बन्ने नियमावलीले त्यसलाई बाँधी कारबाहीको दायरामा ल्याउने बताए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले संघका मागहरु र विज्ञापन बजार बढाउने विषयमा सकारात्मक रहेको बताए । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले संघबाट बोर्डका हरेक कदममा अत्यन्त सहयोग र सहकार्य भएको विषयमा जोड दिए । 

मिडिया एलायन्सका अध्यक्ष भाष्कर राज राजकर्णीकारले सरकारबाट आमसंचार क्षेत्रको  संरक्षण तथा विकासका लागि अनियन्त्रित युवटुव तथा सामाजिक सन्जालमा विज्ञापनमा रोक लगाउनुपर्ने विषयमा जोड दिए । संघका अध्यक्षले आफनो स्वागत मन्तव्यसँगै समग्र विज्ञापन उद्योगका समस्याहरु राखेका थिए ।

करिव २०० जनाको सहभागी रहेको उक्त कार्यक्रममा उद्घाटन सत्रपश्चात बन्द सत्र हुने संघका महासचिव कृष्ण घिमिरेले जानकारी गराए।

Logo