राष्ट्रिय पोसाक दिवसका विषयमा आयोजित पत्रकार सम्मेलनमा वक्ताहरुले मुलुकका जिम्मेवारहरुले पोसाकको मर्यादा राख्न नसकेको आरोप लगाएका छन् ।
११औं राष्ट्रिय पोसाक दिवस तथा आयातित संस्कृतिको चुनौती र प्रभावबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अधिवक्ता स्वागत नेपालले पदीय मर्यादा राख्न चुकेकाहरुका कारण राष्ट्रिय पोसाक नै बदनाम रहेको बताएका छन् ।
‘दौरा सुरुवाल लगाएर देश बेचेकाहरुलाई देख्दा, राष्ट्रघाती सन्धिसम्झौता गरेको, नागरिकता विधेयक पास गरेको देख्दा, त्यही पोसाक लगाएर अदालतमा बसेका न्यायाधीशहरुले एमसीसिलाई पास गरेको देख्दा, त्यसलाई सहमति प्रदान गरेको देख्दा दुःख लाग्छ,’ उनले भने, ‘राष्ट्रियताको प्रतीक शरीरमा धारण देशघाती परिचय लुकाउन प्रयोग गरिँदो रहेछ । अत्यन्त खतरनाक पक्ष छ, त्यसैले भनिन्छ यो पोसाक राम्रो छ ।’
राष्ट्रिय पोसाक लगाएर राष्ट्रिय झण्डालाई बिटुलो बनाएर सडकमा साइरन बजाउँदै कुदाइने गाडीलाई बढी हतार देखिएको उनले गुनासो गरे । ‘उनीहरु सडक सवारी गरेर कानुन पनि उल्लंघन गरेर अगाडि बढ्छन् । जसको कुनै काम छैन्, उसैलाई बढी हतार हुन्छ,’ उनले भने ।





























प्रतिक्रिया