सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने

सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने

केन्द्रबिन्दु
0
Shares

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ। काठमाडौँ जिल्ला अदालतमा लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइ हुने भएको हो।

यसअघि नै अन्तिम सुनुवाइ सुरु भए पनि हालसम्म बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज सुनुवाइ हुन लागेको हो। नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौँले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर, उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

Logo