ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइएको छ। गृह जिल्लामा पठाउन उनीहरूको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ।
दुवै जनाको पाटन अस्पतालमा पोस्टमार्टम गरिएको छ। पोस्टमार्टमपछि शव विमानस्थलमा लगेर नेपाली सेनालाई जिम्मा लगाइएको छ। नेपाली सेनका स्काई ट्रक एन ए-०६४ मार्फत दुवै जनाको शव सुर्खेत लैजाने तयारी गरिएको छ।
सुर्खेतबाट हेलिकप्टरमा सुजन रावतको शव दैलेख र वीरेन्द्रको शव अछाम लैजाने तयारी छ। पुस १३ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन स्थलमा गम्भीर घाइते भएका दुवैले अस्पतालमा ज्यान गुमाएका हुन्।































प्रतिक्रिया