गोल्डस्टार शूज’को कार्यकारी निर्देशक विदुषी राणा रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्त भएकी छन्। रिपब्लिक अफ आइसल्याण्ड सरकारले राणालाई नेपालका लागि अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको हो।
राणालाई परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दिलीपकुमार पौडेलले बिहीबार ओहदाको प्रमाणपत्र हस्तान्तरण गरेका छन्। राणा किरण सुज (गोल्डस्टार शूज) को का कार्यकारी निर्देशक हुन्। उनले आगामी दिनमा नेपाल–रिपब्लिक अफ आइसल्याण्डको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेकी छन्।































प्रतिक्रिया