हर्क साम्पाङले बीपी प्रतिष्ठानमा लगाएको ताला खोल्न अदालतको अन्तरिम आदेश

हर्क साम्पाङले बीपी प्रतिष्ठानमा लगाएको ताला खोल्न अदालतको अन्तरिम आदेश

केन्द्रबिन्दु
0
Shares

उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न अन्तरिम आदेश दिएको छ ।

प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई कारबाही गरेको, आन्दोलनले ओपीडी बन्द भएको अवस्थामा आफू लुकीछिपी बसेको भन्दै केही दिनअघि साम्पाङ एक्लै गएर प्रतिष्ठानका कायममुकायम उपकूलपति प्रा. डा. प्रल्हाद कार्कीको कार्यकक्षमा तालाबन्दी गरेका थिए । तालाबन्दीपछि सञ्जीवकुमार साहले दायर गरेको रिटउपरको सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो । 

न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश जारी गरेको छ । साथै विपक्षीहरूलाई अदालतले कारण देखाऊ आदेशसमेत जारी गरेको छ । साहले जिल्ला प्रशासन कार्यालय सुनसरी र धरानका मेयर हर्क साम्पाङसहित ९ जनालाई विपक्षी बनाएका थिए ।

Skip This
Logo