अब त्रिविका ट्रान्सक्रिप्ट र मार्कसिट अनलाइनबाटै

अब त्रिविका ट्रान्सक्रिप्ट र मार्कसिट अनलाइनबाटै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले अब ट्रान्सक्रिप्ट र मार्कसिट लिनका लागि परीक्षा नियन्त्रण कार्यालय धाउनु नपर्ने भएको छ। परीक्षा नियन्त्रण कार्यालय बल्खुले कार्यालयका सेवालाई अनलाइन प्रणालीमा लगेको हो।

कार्यालयले यही माघ १५ गतेदेखि अनलाइनको माध्यमबाटै सेवा लिन सकिने गरी व्यवस्था गरिएको जनाएको छ। परीक्षा समयमै नहुने, भएका परीक्षाको पनि मार्क सिट र अन्य कागजात लिन विद्यार्थीले धेरै दुख पाउनुपर्ने गुनासो बढेपछि त्रिवि परीक्षा कार्यालयले सेवालाई सहज बनाएको हो।

कार्यालयको सेवा सुधार गर्न भन्दै नेपाल विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी युनियनले त्रिवि परीक्षा नियन्त्रण कार्यालय अगाडि पटक–पटक दबाब र धर्नाका कार्यक्रम गरेका थिए। अन्य विद्यार्थी संगठनहरूले समेत त्रिविको परीक्षा सम्बन्धी सेवा सुधार गर्न दबाब दिँदै आएका थिए।

कार्यालयको सेवा अनलाइन प्रणालीमा लगेपछि अब मार्कसिट, ट्रान्सक्रिप्टसहितका कागजातका लागि एप्लिकेसन दिन विद्यार्थीहरुले बल्खु धाउनुपर्ने बाध्यता हट्ने देखिएको छ।

Skip This
Skip This
Logo