समानुपातिक हिसाबले कानून आएपनि महिलालाई न्याय र प्रतिनिधित्वको जरुरी छ -न्यायाधीश मल्ल [भिडियाे]

समानुपातिक हिसाबले कानून आएपनि महिलालाई न्याय र प्रतिनिधित्वको जरुरी छ -न्यायाधीश मल्ल [भिडियाे]

केन्द्रबिन्दु
56
Shares

सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायाधीश समाज नेपालकी अध्यक्ष सपना प्रधान मल्लले नेपालको इतिहासमा महिला न्यायाधीशहरू संगठित हुने र सञ्जालमा आबद्ध हुने अवसर मिलेको बताएकी छन् ।

नेपालमा पहिलाेपटक आयाेजित महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलनमा अध्यक्ष मल्लले यस्ताे बताएकी हुन् । उनले सम्मेलनमा महिला न्यायाधीशको समस्या र चुनौती पहिचान गरी व्यावसायिक दक्षता वृद्धि गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको स्पष्ट पारिन् ।

न्यायाधीश मल्लले समानुपातिक हिसाबले कानुन आएपनि न्याय र प्रतिनिधित्वको जरुरी भएको बताइन् । उनले फरक खाले हिंसा भोगेका महिला भएको हुँदा लैङ्गकिक न्याय जरुरी छ भनिन् । महिला न्यायाधीशको नेतृत्व अभिवृद्धि र महिला न्यायाधीशको अर्थपूर्ण र गुणात्मक सहभागिताका अभिवृद्धि गर्नेलगायत समग्र विषयमा सम्मेलनमा छलफल गरिने उनको भनाइ छ ।

Logo