वेश्यावृतिमा लगाएको अभियोगमा दुई महिला पक्राउ

वेश्यावृतिमा लगाएको अभियोगमा दुई महिला पक्राउ

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । किशोरीलाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंको चाबहिलमा फ्रेण्डसिप ब्युटी एण्ड स्पा सञ्चालन गर्दै आएकी झापाको झापा गाउँपालिका–१ की ३४ वर्षीया पूजा लोवा र काठमाडौं–७ गंगाहिटी बस्ने चितवनको वीरेन्द्रनगरकी ४३ वर्षीया पूजा मगर भनिने ओमकुमारी पुन छन्।

मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको टोलीले लोवालाई चावहिल र पुनलाई ज्ञानेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। साथै पीडित किशोरीलाई उद्धार गरी हाल सुरक्षित आवासमा राखिएको छ।

प्रहरीका अनुसार नाबालिकालाई वेटरको काममा लगाइदिने भनि ओमकुमारीले पूर्वी नवलपरासीको एक रेष्टुरेन्टमा पठाएकी थिइन। रेष्टुरेन्ट संचालकले ललाइफकाई तथा धाकधम्की दिई वेश्यावृत्तिमा लगाए। त्यसको केही समयपछि ती किशोरीलाई काठमाडौं ल्याएर लोवाले आफ्नो चाबहिलस्थित ब्युटी एण्ड स्पामा काममा मात्र लगाइनन्, विभिन्न प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाएको अनुसन्धानमा खुल्न आएको जनाइएको छ।

साथै ओम कुमारीले ती किशोरीलाई राति ग्राहकको अनुरोधमा विभिन्न होटल तथा गेष्ट हाउसहरूमा ‘पठाओ’ प्रयोग गरि पठाई वेश्यावृत्तिमा समेत लगाउने गरेको पनि खुल्न आएपछि प्रहरीले धरपकड गरेको हो।

पक्राउ परेका दुवैविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन हिरासत म्याद अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Logo