ललितपुर मेयर चिडियाखाना नसार्ने पक्षमा

ललितपुर मेयर चिडियाखाना नसार्ने पक्षमा

केन्द्रबिन्दु
112
Shares

काठमाडाैं। ललितपुर महानगरपालिकाले जावलाखेलमा रहेको केन्द्रीय चिडियाखानालाई इलेक्ट्रिक गोल्फ कार्ट हस्तान्तरण गरेको छ।

विद्युतीय गल्फ कार्ट हस्तान्तरण कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चिडियाखानालाई राम्रो बनाउनु आफ्नो कर्तव्य भएको भन्दै त्यो कर्तव्य निर्वाह गर्न महानगरपालिका कहिले पछि नसर्ने बताए।

उनले भने,‘यो गोल्फ कार्ट हस्तान्तरण पश्चात मैले बोलेको सबै कुराहरु पूरा भएको छ। चिडियाखानालाई राम्रो बनाउनु हाम्रो कर्तव्य हो र यो कर्तव्य निर्वाह गर्न महानगरपालिका कहिले पछि पर्दैन। यसमा सुधार गर्नुपर्ने कुनै कुरा छ भने आउनु म सधैँ त्यसको स्वागत गर्छु।’

चिडियाखाना सूर्यविनायकमा सार्ने भनिए पनि सार्न नदिने मेयर महर्जनले बताए। चिडियाखानालाई दिएको गल्फ कार्टको निर्माण भारतमा भएको, सिट व्यवस्था, छ वटा अगाडि अनुहार र दुई पछाडि अनुहार भएको छ। उक्त क्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि चिडियाखानाको अवलोकन गरेकी थिइन्।

Logo