काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ

काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको स्वर्णिम योजना अन्तर्गत ‘एग्रो पुलिङ कार्यक्रम’ सञ्चालन तथा व्यवस्थापनका लागि दुई जना कृषि विज्ञ माग गरेको छ।

महानगरले आज एक सूचना जारी गर्दै इच्छुक विज्ञलाई सात दिनभित्र महानगरपालिकाको श्रम बैङ्कमा आबद्ध भई कृषि तथा पशुपन्छी विभागमा जानकारी गराउन आग्रह गरिएको छ।

कृषि विज्ञको सेवा सुविधा सरकारले तोकिए बमोजिम हुने कृषि तथा पशुपन्छी विभागद्वारा जारी सूचनामा उल्लेख छ।

Logo