डीभीको नतिजा छिट्टै सार्वजनिक हुँदै, पर्ने चान्स कति ?

डीभीको नतिजा छिट्टै सार्वजनिक हुँदै, पर्ने चान्स कति ?

केन्द्रबिन्दु
1.1k
Shares

काठमाडौं । इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडीभी)को नतिजा छिट्टै सार्वजनिक हुने भएको छ । उक्त नतिजा यही (वैशाख) २२ गते प्रकाशन हुने भएको हो ।

नेपालबाट पनि इडीभी अमेरिका जानेहरूको संख्या बढ्दो छ । प्रत्येक वर्ष अमेरिकन सरकार इडीभी भिसामार्फत एशियाली देशबाट हजारौं संख्यामा अमेरिका लैजाने गर्छ । यद्यपि एशियाली राष्ट्रका केही देशहरूले भने इडीभी भर्न पाउँदैनन् । चीन, भारत, बंगलादेश, फिलिपिन्स, दक्षिण कोरिया लगायतका देशले इडीभी भर्नका लागि स्वीकृति दिइएको छैन । उक्त अमेरिकन इडीभी विश्वभरबाट प्रत्येक वर्ष ५० देखि ५५ हजार मान्छेलाई पर्ने गरेको तथ्याङ्कले देखाउँछ ।

अमेरिकी सरकारले सन् २०२५ मा इडीभी भिसामार्फत लैजानको लागि सन् २०२३ मा नै आवेदन खुलाएको थियो । जुन आवेदनको नतिजा मे–४ अर्थात् वैशाखमा हेर्न पाइन्छ । इडीभी भिसामार्फत अमेरिका पुगेको केही समयपछि ग्रीन कार्ड पाउने भएकाले पनि यसमा आवदेन दिनेको संख्या उच्च हुन्छ । नेपालमा इडीभी सन् २००७ देखि भर्न सुरु गरिएको हो ।

इडीभी खुलेको पहिलो वर्ष नै करिव एक लाख ८० हजार बढीको आवेदनमा ३ सय २७ जनालाई ईडीभी परेको थियो । नेपालीले प्रत्येक वर्ष ईडीभी ५ देखि ७ लाखको संख्यामा भर्ने गरेको ट्राभल स्टेटको तथ्याङ्कले देखाएको छ । यसपटक पनि करिव ७ लाखको हाराहारीमा इडीभी भरेका छन् । जसमध्ये नेपाली भाग्यशाली ३ देखि ४ हजार जनलाई इडीभी पर्ने देखिन्छ । इडीभी परेपछि अमेरिकाले भिसा दिन्छ भन्ने ग्यारेन्टी हुँदैन ।

नेपालबाट पनि प्रत्येक वर्ष उक्त संख्यामा इडीभी परेर अमेरिका गइरहेको देखिन्छ । यसपटक कुल आवेदनको ०.६ प्रतिशत मात्र इडीभी पर्ने चान्स छ । अर्थात् १ सय ५८ जनाले ईडीभी भरेका छन् भने १ जनालाई मात्र पर्ने चान्स हुन्छ ।

नतिजा कसरी हेर्ने ?

इडीभी/डीभीको नतिजा हेर्न सहज छ । यदि इडीभी पर्यो भने तपाईंलाईं इमेल पनि नतिजा आउँछ । उक्त नतिजा dvprogram.state.gov/travel.state.gov बाट हेर्न सकिन्छ ।

Logo