माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक इजलासले सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेको हो।

सापकोटाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेशी तोकिएको थियो।

सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको भन्दै उनकी पत्नीले मुद्दा दायर गरेकी थिइन्।

Logo