भुटानी शरणार्थी प्रकरण: सुनुवाई सकियो, आजै आदेश आउन सक्ने

भुटानी शरणार्थी प्रकरण: सुनुवाई सकियो, आजै आदेश आउन सक्ने

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत थुनामा रहेका व्यक्तिहरूमाथि सुनुवाई सकिएको छ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासमा सुनुवाइ सकिएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत थुनामा रहेका टोपबहादुर रायमाझीसहित निलम्बित सचिव टेकनारायण पाण्डे, कांग्रेस नेता तथा पूर्व सांसद आङटावा शेर्पा, शमशेर मियाँ, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्द कुमार चौधरी, सागर राई, इन्द्रजित राई, सानु भण्डारी सर्वोच्च पुगेका थिए।

काठमाडौं जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै उच्च अदालत पाटनमा पुनरावेदन गरेका उनीहरूलाई पाटनले पनि पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो।

शरणार्थी प्रकरणमा आज नै आदेश आउन सक्ने जनाइएको छ।

Logo