रेशमको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

रेशमको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा मिसिल झिकाउन आदेश दिएको छ।

शुक्रबार न्यायाधीशद्धय बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले मिसिल झिकाउन आदेश दिएको हो।

चौधरीले निर्वाचन आयोग र पार्टी अध्यक्ष तथा उनकी श्रीमती रञ्जिता श्रेष्ठविरूद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए।

यस अगाडि उनको मुद्दामा सुनवाइका लागि गत चैत्र ३० गते र वैशाख ९ गते पेशी तोकिएपनि हेर्न नभ्याइनेमा परेको थियो।

उनले टिकापुरमा सम्पन्न पार्टीको महाधिवेशनले आफूलाई अध्यक्ष बनाएको तर निर्वाचन आयोगले अध्यक्ष नस्विकारेको भन्दै मुद्दा दायर गरेका हुन्।

अर्को सुनुवाइका लागि वैशाख १८ गतेलाई पेशी तोकिएको छ।

Logo