‘प्रेस स्वतन्त्रताको अभ्यासलाई कसैले सीमित गर्न सक्दैन’ -अध्यक्ष पोखरेल

‘प्रेस स्वतन्त्रताको अभ्यासलाई कसैले सीमित गर्न सक्दैन’ -अध्यक्ष पोखरेल

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संविधानको परिकल्पना र प्रेस स्वतन्त्रताको अभ्यासको दायरालाई कसैले पनि सीमित गर्न नसक्ने बताएका छन् ।

आज आयोजित नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाको १०औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनमा अध्यक्ष पोखरेलले संविधानको भावना र चलिआएको अभ्यास नकार्दै प्रेस स्वतन्त्रतालाई खुम्च्याउन नमिल्ने जिकिर गरेका हुन् ।

“संविधानले समाचार प्रकाशनमा पूर्वप्रतिबन्ध नलगाइने प्रस्ट व्यवस्था गरेको छ । पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था संविधानको प्रस्तावनामा छ । हामीले अभ्यास गरिरहेको यो अभ्यासमाथि कहीँ कतैबाट खतराको घण्टी बज्नु उचित होइन”, अध्यक्ष पोखरेलले भने ।

सञ्चारमाध्यमले गरेको गल्तीमा टेकेर पछिल्ला समय समग्र मिडियामाथि प्रतिबन्ध लगाउने वा मिडियालाई खेद्ने र प्रेस स्वतन्त्रतालाई नियन्त्रणमा राख्ने मनसाय प्रकट हुन थालेको उल्लेख गर्दै उनले समाचारका विषयवस्तुको सत्यता पुष्टि गर्ने दायित्व सम्बन्धित सञ्चारमाध्यमकै भएको पनि स्पष्ट पारे ।

संविधान र मुलुकको स्वतन्त्र प्रेसले गरिरहेको अभ्यासभन्दा ठूलो र त्यसले निर्माण गरेको फराकिलो आधारलाई खुम्च्याउनका लागि कसैको निर्देशन वा आदेश पर्याप्त हुन नसक्ने उनको स्पष्टोक्ति थियो ।

Skip This
Logo