आजदेखि काठमाडौंका यी स्थान विद्युत अवरूद्ध हुने

आजदेखि काठमाडौंका यी स्थान विद्युत अवरूद्ध हुने

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । आज (आइतबार)देखि काठमाडौंका विभिन्न स्थानमा विद्युतीय वितरण लाइन अवरूद्ध हुने भएको छ।

विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

शनिबार एक सूचना जारी गर्दे प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो।

यी क्षेत्रहरूमा वैशाख २३ गतेदेखि २८ गतेसम्म बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ।

Logo