सन्दीप लामिछानेको मुद्दा आज पनि ‘हेर्न नमिल्ने’ सूचीमा

सन्दीप लामिछानेको मुद्दा आज पनि ‘हेर्न नमिल्ने’ सूचीमा

केन्द्रबिन्दु
126
Shares

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । आइतबार लामिछानेको मुद्दामा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिए पनि हेर्न नमिल्ने सूचीमा परेको हो ।

उच्च अदालतमा सन्दीपको पुनरावेदनमा तोकिएको यो पेसी पाँचौं हो। यसअघि चारपटक पेसी तोकिएर पनि छिनोफानो हुन नसकेको सो मुद्दा आज पहिलो नम्बरमै पेसी परेकाले सुनुवाइ हुने अपेक्षा गरिएको थियो। तर मुख्य न्यायाधीशसमेतको इजलास तोकिँदा पनि सुनुवाइ नभएको हो ।

काठमाडौं जिल्ला अदालतले लामिछानेले गौशाला २६ लाई जबर्जस्ती करणी गरेको ठहर भन्दै उनीविरुद्ध आठ वर्ष कैद र तीन लाख जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । सोहीआदेश विरूद्ध लामिछानले पुनरावेदन दिएका हुन् । फैसला आउने समय लम्बिएसँगै केहीगरी सन्दीपको पक्षमा आएपनि उनी विश्वकप खेल्ने नेपाली टोलीमा स्थान बनाउन सक्ने सम्भावना टर्दै गएको छ ।

Logo