राष्ट्रपति पौडेलको सवारी सामान्य

राष्ट्रपति पौडेलको सवारी सामान्य

केन्द्रबिन्दु
36
Shares

काठमाडौं। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल तामझाम बिना नै सामान्य रुपमा सङ्घीय संसद् भवन जाने भएका छन्। उनको सवारी अन्य अवस्थाको जस्तै सामान्य हुने सुरक्षा निकायले जनाएको छ।

राष्ट्रपति पौडेलको सवारी आज नयाँ वानेश्वरबाट मात्रै ‘घोडसवार फौज’ सहितको ‘कारगेड’ हुने जनाइएको छ। उनलाई संसद् भवन परिसरमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गर्नेछन् भने नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गर्नेछ।

राष्ट्रपति पौडेल गत वर्ष पनि तामझाम बिना नै संसद् भवन नयाँ वानेश्वर जानेछन्। विगतमा नयाँ बानेश्वरसम्मको बाटो खाली गराएर राष्ट्रपति भवन शीतल निवासबाटै घोडसवार फौजसहित विशेष सवारी गर्ने गरिएको थियो।

Logo