काठमाडौं । सरकारले आगामी वर्ष विभिन्न विषय क्षेत्रका एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने भएको छ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले युवा जनशक्तिको क्षमता अभिवृद्धि गरिने बताएका हुन्।
‘विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई फेलोसिप उपलब्ध गराउने व्यवस्था मिलाइने छ। युवालाई फेलोसिप प्रदान गराउन निजी क्षेत्रलाई परिचालन गरिने छ,’ पौडेलले भने।
यस्तै सरकारले युवा जनशक्ति परिचालन र क्षमता अभिवृद्धि गर्न ‘राष्ट्र निर्माणमा युवा स्वयंसेवी’ कार्यक्रम सञ्चालन गर्ने समेत नीति कार्यक्रममा उल्लेख गरेको छ।































प्रतिक्रिया