विधिको शासनको अभावमा लोकतन्त्र सुदृढ हुन सक्दैन: प्रधानन्यायाधीश श्रेष्ठ

विधिको शासनको अभावमा लोकतन्त्र सुदृढ हुन सक्दैन: प्रधानन्यायाधीश श्रेष्ठ

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले विधिको शासनको अभावमा लोकतन्त्र सुदृढ हुन नसक्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन २०८१ समुद्घाटन समारोहमा उनले विधिको शासन समानता र न्यायको आत्मा पनि भएकाले त्यसको अभावमा लोकतन्त्र सुदृढ हुन नसक्ने बताएका हुन्।

उनले भने,‘वास्तवमा विधिको शासन सुशासन संविधानवाद तथा स्वतन्त्र न्यायपालिका एक अर्काका परिपुरक अन्तरसम्बन्धित अवधारणा वा मान्यताहरु हुन्। विधिको शासनको अभावमा लोकतन्त्र सुदृढ हुन सक्दैन। विधिको शासन समानता र न्यायको आत्मा पनि हो। अहिले विधिको शासन मुलुकको शासकिय अवस्था र विभिन्न क्षेत्रको स्तर मापन गर्ने अन्तरसम्बन्धी सूचकको रुपमा स्थापित हुँदै आएको छ।’

प्रधानन्यायाधीशले न्यायमा पहुँच अभिवृद्धिका लागि कानुन व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताए। संविधान तथा कानुन प्रदत्त अधिकार र त्यसको उलङ्घनमा प्राथमिक उपचार तथा सोको प्रकृयाबारेमा जानकारको सम्प्रेषण, मुद्दाको पक्षको प्रतिनिधित्व वैत्तनिक कानुन व्यवसायी, निःशुल्क कानुनी सेवा लगायतको भूमिका मार्फत विधिको शासन र न्यायको पहुँचमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाई छ।

Skip This
Skip This
Logo