तपाईंलाई कोहीसँग एकै नजरमा माया बसेको छ ? या माया बसेर उक्त साथीलाई सामाजिक सञ्जालमा साथी बनाई गफ गर्न पनि सुरु गर्नु भएको छ ? जे होस् त्यो तपाईंलाई नै थाहा होला । पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट कुराकानी भई विवाहसम्म भएका उदाहरण धेरै छन् । तर, च्याटमार्फत होस् या अन्य विधिबाट कुराकानी गर्दा पनि उसले तपाईंलाई, तपाईंले उसलाई आफ्नो प्रेममा पार्न सक्नु भएको छैन भने यो विधि तपाईंको लागि उपयुत्त हुन सक्छ ।
पार्टनर खोज्दा हरेक सानो सानो कुरामा ख्याल गर्नुपर्छ, नत्र सम्बन्ध बिग्रन सक्छ । यो विश्वास गरिन्छ कि कुनै पनि सम्बन्धमा तपाईं जति विश्वास बढाउन सक्नुहुन्छ, तब मात्र तपाईं स्वस्थ सम्बन्धतर्फ जानुहुन्छ । केटी वा केटासँग कुरा गर्नुभयो, नम्बर वा सामाजिक सञ्जाल प्राप्त पनि भयो, अब के र कसरी कुरा गर्ने ? यो सबैभन्दा ठूलो चुनौती हो ।
किनभने धेरै जसो केसहरूमा, तपाईंको कुरा गर्ने तरिकाले तपाईंको सम्बन्धको भविष्य निर्धारण गर्न सक्छ । यदि तपाईं पनि च्याटमा केटी वा केटा साथीलाई इम्प्रेस गर्न चाहनुहुन्छ भने, तपाईं तल दिइएका केही टिप्सहरू उपयोगी हुन सक्छन् ।
सामान्य प्रश्नहरू सोध्नुहोस्
केटी वा केटासँगको कुराकानीलाई अगाडि बढाउनको लागि, तपाईंले उसको च्याटिङमा रुचि बढाउनु पर्छ र उसलाई ‘हो’ वा ‘नो’ मा जवाफ दिन नसक्ने प्रश्नहरू सोध्नुपर्छ । यसले तपाईंको वार्तालाप सहज रूपमा चलिरहने छ ।
तपाईंले उसले दिएका उत्तरहरूमा आधारित अन्य प्रश्नहरू पनि सोध्न सक्नुहुन्छ वा उसको उत्तरहरूमा तपाईंको छनौट थप्न सक्नुहुन्छ । ‘तपाईंलाई के खान मन लाग्छ, फुर्सदको समयमा के गर्नुहुन्छ, कहाँ घुम्न जानुभएको छ’ जस्ता सामान्य प्रश्नहरूले पनि तपाईंको कुराकानी बढाउन सक्छ ।
अघिल्लो कुराकानी सम्झाउनुहोस्
केटीहरु ती केटा मन पराउँछन् जसले आफ्नो विगतका कुराकानीहरू पनि सम्झन्छन् । यदि तपाईंले पनि यसो गर्नुभयो भने, तपाईंले पहिलेका कुराहरूबाट नयाँ कुराकानी सुरु हुन सक्छ । उदाहरणका लागि, यदि एउटी केटीले तपाईंलाई ६ दिनपछि प्रतियोगिता छ भनी बताइन् भने तपाईंले त्यो प्रतियोगिताको बारेमा कुरा गर्न सक्नुहुन्छ र उनको तयारीको बारेमा सोध्न सक्नुहुन्छ । यो विषयले तपाईंको र उसको रुचिलाई २–३ दिनसम्म कायम राख्न सक्छ । जब विषय समाप्त हुन्छ, अनि नयाँ शीर्षकमा रहेर कुराकानी पनि गर्न सक्नुहुनेछ ।
रोचक कुरा बताउनुहोस्
अक्सर, केटाहरू केटीहरूलाई प्रभावित गर्न घमण्ड गर्न थाल्छन्, जसले कुराकानी समाप्त गर्न सक्छ । उदाहरणको लागी तपाई भर्खरै छुट्टीमा जानुभयो, त्यसपछि त्यहाँको घटना सुनाउनुहोस्, यदि तपाईको घरमा केहि नयाँ आयो भने, त्यससँग सम्बन्धित पुराना कथाहरू सुनाउनुहोस् । जसले तपाईं प्रति विश्वास बढ्दै गएको गएको संकेत गर्दाछ । तपाईंले घरमा नयाँ केही किन्नु भएको छ, त्यसको बारेमा पनि हल्का बताउनु होस् । किनभने त्यस पश्चात् केटी वा केटाले पनि आफ्नो रोजाइको बारेमा बताउन सक्छ ।
उहाँको जीवनको बारेमा जान्नुहोस्
केटा होस् वा केटी, सबैसँग जोडिने सबैभन्दा राम्रो तरिका भनेको उनीहरूलाई उनीहरूको रुचिहरूको बारेमा सोध्नु हो । उसको बाल्यकाल, उसको सपना, उसको रिसाउने बानी, उसको रुचिको बारेमा सोध्यो भने उसलाई तपाईंसँग कुरा गर्न मन लाग्न थाल्छ र तपाई उहाँसँग कुरा गर्न सक्षम हुनुहुनेछ ।
अडियो र भिडियो सन्देशहरू पनि पठाउनुहोस्
यदि तपाईंले टेक्स्ट म्यासेजको सट्टा अडियो, भिडियो र इमोजी पठाउनुभयो भने, यसले तपाईंको कुराकानीलाई अलिकति हास्यास्पद बनाउनेछ जसले अर्को व्यक्तिको चासो अझ बढाउँछ । -एजेन्सीको सहयोगमा





























प्रतिक्रिया