सहकारीको रकम अपचलन गरेर फरार रहेका गितेन्द्रबाबु जीबी राईको राहदानी रद्द नहुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले गत वैशाख ३० गते सहकारी ठगी प्रकरणका मुख्य नाइके जीबी राईको राहदानी रद्द गर्नको लागि राहदानी विभागमा पत्राचार गरेको थियो । तर, राहदानी विभागले राईको राहदानी रद्द नमिल्ने बताएको हो । कानुन शाखाको सहयोगमा अध्ययन गरेको विभागले राहदानी ऐन २०७६ र नियमावली २०७७ अनुसार अहिलकै अवस्थामा राईको राहदानी रद्द गर्न नमिल्ने निष्कर्ष निकालेको हो ।
प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलले ‘रेड नोटिस’ जारी गर्दा पनि जीबीलाई पक्राउ गर्न नसकिएपछि राहदानी नै रद्द गर्ने गृहकार्य थालेको थियो । जीबी राई मलेसियामा रहेको आशंका प्रहरीको छ । तर, रेड नोटिस जारी भए पनि मलेसिया प्रहरीले जीबीलाई नेपाल ‘डिपोर्ट’ गर्न चासो नदेखाएपछि उनको राहदानी नै रद्द गर्ने प्रक्रियामा प्रहरी पुगेको थियो । तर, यो प्रक्रिया विफल भएको छ ।





























प्रतिक्रिया