सिरोहियालाई मुटुमा समस्या आएपछि हेलीकप्टरबाट काठमाडौं ल्याइयो

सिरोहियालाई मुटुमा समस्या आएपछि हेलीकप्टरबाट काठमाडौं ल्याइयो

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याईएको छ।

सिरोहियाको मुटुको समस्या बढेपछि आज हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको हो। उनलाई ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचार गरिदैँ छ।

नागरिकता किर्ते कसुरमा उनी काठमाडौंस्थित् कान्तिपुरको मुख्यालय थापाथलीबाट पक्राउ परेका उनलाई गत मंगलबार राति धनुषा लगिएको थियो।

अदालतले पटक पटक म्याद थपेर प्रहरीलाई अनुसन्धानको लागि अनुमति दिँदै आएको छ। उनलाई अहिलेसम्म तीन पटक ३-३ दिनको लागि म्याद थप गरिएको छ।

Logo