सन्दीप लामिछानेलाई भिसा नदिएको भन्दै अभियन्ताहरुले निकाले विरोध र्याली [भिडियाेसहित]

सन्दीप लामिछानेलाई भिसा नदिएको भन्दै अभियन्ताहरुले निकाले विरोध र्याली [भिडियाेसहित]

केन्द्रबिन्दु
280
Shares

क्रिकेटर सन्दीप लामिछानेलाई टी२० विश्वकप खेल्न जान अमेरिकाले भिसा नदिएको भन्दै अभियन्ताहरुले विरोध र्याली निकालेका छन् । लामिछानेलाई भिसा नदिइनु अन्याय भएको भन्दै आज अभियन्ताहरुले माइतिघरमा र्याली निकालेका हुन् । माइतीघरबाट नेपालस्थित अमेरिकन राजदूतावाससम्म शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रम गर्ने योजना छ ।

नेपाली क्रिकेट टिमलाई विश्वकपमा पुर्याएका सन्दीपले भिसा नपाउँदा अमेरिका जाने प्रकृया अन्यौलमा छ । यसअघि सन्दीपको भिसा २०२५ सम्म रहेकोमा उच्च अदालत पाटनबाट सफाइ पाएपछि भिसा रद्द भएको जानकारी गराइएको थियो। त्यसपछि नयाँ प्रक्रिया सुरु गर्दा अमेरिकी दूतावासले उनको भिसा रिजेक्ट गरेको थियो। यसबीचमा क्यानका पदाधिकारीले नयाँ प्रक्रिया थालेको भन्दै मिडियामा बताए पनि त्यो सफल हुन सकेको छैन।

सन्दीपले विश्वकप खेल्ने अन्यौल भएका बेला क्यानका पदाधिकारीहरु श्रीमतीसहित अमेरिका गएपछि सामाजिक सञ्जालमा क्यानको आलोचना भएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका उडिसकेका छन्। उनीहरु मंगलबार अमेरिका प्रस्थान गरेका हुन्। अध्यक्ष चन्द त आइसीसीले प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामा समेत समावेश छन्।

Logo